प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच आज छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निष्ठ अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताको विरूद्ध डटेर सामना गर्ने बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने पार्टीहरु बीचको समिक्षा बैठक मात्र भएको स्पष्ट पारे। उनले भने, ‘परिवर्तनका बाहकहरु एकठाउँमा बसेर सामान्य समिक्षा गर्ने कुरा आफैंमा एउटा परिणाम भएको ठान्दै महत्वपूर्ण यस छलफललाई मैले भएको मानेको छु ।’

उनले छलफलमा सबै दलहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा सबलरुपमा उठेको उल्लेख गर्दै यसको रक्षाको लागि मैदानमै उत्रिनेसम्मको भावना ऐतिहासिक प्रक्रियामा दुरगामी अर्थ राख्ने बताए। प्रधानमन्त्रीले आफूले धेरै ठूलो संकट परेर बैठक बोलाएको नभई अराजकता र अस्थिरताका प्रवृत्तिहरु देखा परेकाले परिवर्तनका बाहक शक्तिहरुले आफ्नै समिक्षा गर्नुपर्ने भएको बताए ।

यस्ता छलफलले नै त्यसप्रकारका प्रवृत्तिको प्रतिवाद हुने र परिवर्तनलाई कार्यान्वयन र परिमार्जनमा सहयोग पुग्ने उनको धारणा थियो । प्रधानमन्त्रीले बैठकको औचित्य, आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्र बारे सहभागी सबै दलहरु एकै छौं भन्ने प्रष्ट देखिएको बताए ।

 

मङ्लबार, २१ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा