बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो । बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ ।

दूध र चीजका लागि पछिल्लो समय कृषकबाट सानन जातका बाख्राको माग अत्यधिक भइरहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । बाख्राको दूधबाट बनेको चीज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ । सानन जातको बाख्रा तनहुँसहित बत्तीस जिल्लामा निर्यात र करिब बाइस जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको सो कार्यक्रमले जनाएको छ ।

पोखराको लेकसाइड र काठमाडौँका होटलमा चीजको राम्रै माग भइरहेको कार्यक्रम संयोजक राजु कँडेलले जानकारी दिए । याक र गाईबस्तुको दूधबाट बनेको चीजको तुलनामा बाख्राको दूधबाट बनेको चीज गुणस्तरिय र मिठो हुने भएकाले बाख्राकै दूधबाट बनेको चीज खोज्ने गरेको उनले बताए ।
पछिल्लो समय बाख्राको दूध र चीज प्रयोग गर्ने सर्वसाधारणकोसमेत सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एकपटकमा चार लिटरसम्म दूध दिने क्षमताको हुन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएको छ । उक्त दूध सङ्कलन गरी चीज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको हो ।

कार्यालयले विसं २०७१ मा ५० माउ र सात बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान सुरु गरेको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानका लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सयको हाराहारीमा बाख्रा छन् । रासस

सोमवार, २० कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे