दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशंकरमा अवस्थित च्छोरोल्पा हिमताल घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि आएको छ । दसैँको बिदामा ट्रेकिङ जाने क्रममा च्छोरोल्पा हिमताल पनि धेरैको गन्तव्य बन्न थालेका छन् । दैनिक सात सयभन्दा बढी पर्यटक च्छोरोल्पा घुम्न जान थालेका छन् ।

काठमाडौँबाट छोटो दूरीमा पर्ने र पदमार्ग सजिला भएकाले पनि पर्यटकहरू बढी च्छोरोल्पा मन पराउन थालेको गौरीशङ्कर गाउँपालिका– ९ का वडाध्यक्ष ङिमागेली शेर्पाले बताए । चरिकोटबाट छ्योत्छ्योतसम्म गाडीमा र त्यहाँबाट हिँडेर सिमीगाउँहुँदै च्छोरोल्पा पुगेर चार दिनमै फर्किन सकिन्छ । यस पदमार्ग २०७२ सालको भूकम्पपछि स्विस सरकारले पक्की र आकर्षक बाटो बनाएको छ । अन्य गन्तव्यभन्दा यस क्षेत्रमा रहेका होटलहरु सस्तो रहेकाले पर्यटकको सङ्ख्यामा वृद्धि आउन सक्ने पहिलोपटक च्छोरोल्पा पुगेका मिलीजुली कालिन्चोक साकोसका अध्यक्ष नारायण श्रेष्ठले बताए । होटल व्यवसायीहरूका व्यवहार अति नै राम्रो र सस्तो भएकाले पनि च्छोरोल्पा धेरैको गन्तव्य बन्न थालेको अध्यक्ष श्रेष्ठले बताए ।

दसैँ तिहारको बिदालाई सदुपयोग गर्न र बढी ट्रेकिङ रुचाउने साहित्यकार तथा लेखक कुमारी लामा पनि भर्खर च्छोरोल्पा पुगेर फर्किएका छन । नेपालको अन्य गन्तव्यभन्दा यस क्षेत्रको पदमार्ग आकर्षक र सुन्दर रहेकाले पनि आफूले बिदामा च्छोरोल्पा आएको लामाले बताए । त्यस्तै, भर्खर च्छोरोल्पा पुगेका श्रमाटन पुस्तकका लेखक बीएन जोशीलाई पनि च्छोरोल्पा प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले दसैँको बिदामा पहिलो रोजाई च्छोरोल्पा रहेको बताए । च्छोरोल्पा पुग्नको लागि सिमीगाउँ, सुर्मुचे, डोङाङ, वेदिङ, नागाउँ हुँदै च्छोरोल्पा पुग्न सकिन्छ । यस हिमताल ४५८० मिटर उचाइमा रहेको छ । गो.प

शुक्रबार, १७ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे