ओखलढुंगाको रातमाटे झरना ओझेलमा पर्दै गएको छ । चशिंखुगढी गाउँपालिका– ४ को मझुवामा रहेको १ सय ११ मिटर अग्लो झरना प्रचारप्रसारको अभावामा ओझेलमा परेको हो । पर्यटकीय सम्भावना भएपनि झरना क्षेत्रमा पर्यटकीय पूर्वाधार र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दे गएको स्थानीयको गुनासो छ ।

रातमाटे झरना देशकै प्रमुख झरनामध्येको एक हो । झरना क्षेत्रमा पर्यटकीय पूर्वाधार बिकास भएको छैन । झरना नजिकै सडक पुगे पनि यहाँ जानका लागि पुर्वाधार नबन्दा झरनासम्म पुग्न समस्या हुँदै आएको छ ।

रातमाटे झरनामा सुनझाँक्री बस्ने स्थानीयको विश्वास छ । मझुवाको पहाडबाट झरिरहेको झरनाले जो कोहीको पनि मन लोभ्याउँछ । सडकभन्दा ३ सय मिटरमाथि रहेको झरना क्षेत्रमा पुग्ने गोरेटो बाटो र अवलोकनस्थल समेत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

ओखलढुंगा सदरमुकामबाट सानीटार, डाँडागाउँ, नवलपुर हुँदै रातमाटे झरना क्षेत्रमा पुग्न सकिन्छ । दुई घण्टाको सवारी यात्रापछि पुगिने रातमाटे झरनाको पर्यटकीय पूर्वाधार बिकासमा स्थानीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।

शुक्रबार, १७ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे