काठमाडौं उपत्यकाको एक व्यस्त ‘हिल स्टेसन’ चन्द्रागिरिबाट अब प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । बाबु एड्भेन्चर्सले चन्द्रागिरिबाट उडान गरी मकवानपुरको चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङका लागि नेपालका पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारले यो कम्पनीमार्फत व्यवसायी उडान थालेका हुन् । सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एडभेन्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता हुन् ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने गरी माथिल्लो स्टेसन तोकिएको छ । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिने कम्पनीले जनाएको छ । त्यसपछि १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यू’का साथै काठमाडौं उपत्यकाको अधिकांश भू–भागको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । उडानका दौरान रसुवा र धादिङका भू–भाग समेत देख्न पाइन्छ । उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिने बताइएको छ । मौसम खुलेको बेला उत्तरतर्फ फराकिलो हिमश्रृङ्खला देखिन्छ ।

उडानको अधिकांश समय जंगलमाथि हुने गर्छ । कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सक्ने गरी अनुमति लिएको छ । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने सञ्चालक सुनुवारले बताए । स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको बताउँछन् ।

चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालन गर्न डेढ करोड लगानी गरेको र अझै लगानी थप्ने योजना रहेको उनले बताए । अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू गरिएको उनले बताए ।

बिहिबार, १६ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे