काठमाडौँसँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेका किसानको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । किसानले तिहारका लागि व्यावसायिक रुपमा फूल खती गरेको हो । यस वर्षको तिहारका लागि ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । नेपाल फ्लोरीकल्चर एशोसिएसनकाअनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका बजार मागको ८० प्रतिशत फूलको माला भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ । तिहार सुरु हुन दुई साता मात्रै बाँकी रहँदा फूल टिप्न र माला बुन्नका लागि किसानहरुले तयारी थालिसकेको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्षको तिहारका लागि सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग नेपाल आत्मनिर्भर भएको बताए । उनकाअनुसार यस वर्ष नेपालमा ३५ लाख सयपत्री माला, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार हाराहारी मिक्स माला खपत हुने देखिएको छ ।
त्यसमध्ये मिक्स मालाका लागि आवश्यक पर्ने गुलाव लगायतका फूलहरु भने आयात गर्नुपर्ने देखिएको संघले जनाएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने देखिएको व्यवसायीहरुको दाबी छ ।