चितवन राष्ट्रिय निकुञ्जले दसैंको समयमा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

सौराहा, कसरा, मेघौली, माडी, अमलटारी(नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटक बोक्ने जीप ७३७ पटक निकुञ्ज भित्र प्रवेश गरेका थिए । निकुञ्जले जीपबाट मात्रै ३६ लाख ८५ हजार राजश्व संकलन गरेको छ ।

निकुञ्ज भ्रमण गर्नेमा सौराहा सेक्टरबाट सबैभन्दा बढि पर्यटक छन् । यहाँबाट मात्रै १७ हजार ६ सय ३७ पर्यटकले निकुञ्ज भ्रमणमा गएका थिए । सौराहा क्षेत्रबाट मात्रै झण्डै ८८ प्रतिशत पर्यटक निकुञ्ज गएको देखिन्छ । नेपालीबाट निकुञ्ज जाँदा प्रति ब्यक्ति १५०, विदेशीलाई २ हजार, सार्क देशका पर्यटकलाई १ हजार, प्रत्येक जीपलाई एकपटक भित्र जाँदा ५ हजार लिने गरिन्छ ।

 

सोमवार, १३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे