file photo

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज (सोमबार) सोलुखुम्बु जाँदैछन् । चार दिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भई साँझ पोखरा जानेछन् ।
गुटेरेस भोलि बिहान पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । उनी पोखराबाट लुम्बिनी जानेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधवार संयुक्त राष्ट्रसंघको मुख्यालय फर्किने कार्यक्रम छ ।

शनिवार राति काठमाडौँ आइपुगेका उनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । उनी चढ्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रविधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतले जनाएको छ । उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमाण्डो खटाइएको छ । बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिएको छ ।

 

सोमवार, १३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !