कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ । गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उनले बताए ।

स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए । यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो ।

“हाम्रोमा अहिले चारवटा ट्रेकिङ रुट छन् । त्यहाँ वर्षमा कतिजना जान्छन् कसैलाई थाहा छैन । यसले यहाँको अभिलेखीकरणमा सहयोग मिल्छ,” वडाध्यक्ष गुरुङले भने, “हामीले नियमसंगत शुल्क उठाउने निर्णय गरेका हौँ । यसबाट उठेको रकम पदमार्गमा खर्च हुन्छ । हामीले यहाँ सूचना केन्द्र बनाउने तयारी गरेका छौँ । यसले दुर्घटना हुँदा उद्धारमा पनि सघाउँछ ।”

तोकिएको शुल्क एक हप्ताभित्रमा लागु हुने वडाध्यक्ष गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “अहिले आन्तरिक तयारी गरिरहेका छौँ । अबको एक हप्ताभित्र शुल्क लिन्छौँ ।”

माछापुच्छ्रे गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँ), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् । रासस

 

शनिबार, ११ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा