तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दशैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा जाएका हुन्।

“ हामी प्रत्येक वर्षको फूलपातीमा दशैं मनाउन गाउँ जान्छौं, गाउँमा नै दशैं मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौं।” डा शाहको परिवार दशैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ। अन्य ठाउँमा रहेका आफन्तहरु पनि दशैं मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ। उनले भने, “दसैंका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ।”

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए। “दशैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,” उनले भने।

दशैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ। बजार क्षेत्रका मानिसहरु दशैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो। दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ। अन्य समयमा यातायातको चाप रहने यहाँ दशैंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ। यहाँका धेरैजसो पसलहरु बन्द भएका छन्।

मुख्य व्यापारिक केन्द्रहरु दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दशैंले प्रभाव पारेको छ। सर्वसाधारण दशैंका लागि किनमेल गरेर दसैंं मनाउन ब्यस्त छन्।

शुक्रबारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भएपनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए। उनले भने, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ।”जिल्लाका ग्रामीण भेगहरुमा भने दसैंंको उल्लासमय वातावरण रहेको छ। विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन्।

अन्य समयमा आ-आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका-९ का शिवकुमार आलेले बताए। उनले भने, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन्।”

सोमवार, ६ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा