नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन उपत्यकामा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।

बडादसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएको र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।

आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देखिएका छन् । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले मानिसको आवतजावत घटेपछि सुनसान भएका छन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् ।

काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड, एनएसी, भद्रकालीलगायतका ठाउँहरुमा पसलहरु बन्द छन् । दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

 

सोमवार, ६ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !