मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए। “जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उनले भने “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा तेइस करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ।”

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए। गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो। प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए।

कृषकले प्रतिगोटा ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन्। गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए। तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव छ। दशैँ तिहारमा च्याङग्राको मासुको खपत बढी हुने गर्छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन्। पैसठ्ठी ठूला च्याङग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङग्रा पालेका छन्। हिमचितुवा, ब्वासो र जंगली कुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार थियो। कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताए। बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो। रासस

 

सोमवार, ६ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा