गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले पदभार ग्रहण गरेका छन् । बालुवाटारस्थित केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।

केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा ‘आरके’ (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा (अमेरिका)ले ४७ मत पाए ।

उपाध्यक्षमा डा. विनोद श्रेष्ठ (अष्ट्रेलिया), डा.हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।

युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित भएकी छन् । महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए ।

काठमाडौंमा भएको महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

 

शनिबार, ४ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा