चिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाज सङखुवासभाको संयोजनमा भारत र नेपाल विचको अन्तर राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भयो । मुख्य गरि भारतको आदिवासी समुदाय कार्बि कुर्फो आमेई र चिचिला गाउँपालिका लगायत अन्य स्थानीय तह विच साँस्कृतिक आदान प्रदान भयो ।

कार्बि समुदायले आफ्ना साँस्कृतिक पहिचान सहितको प्रस्तुती देखाए भने चिचिला गाउँपालिकाका जातजाती र चिचिला गाउँपालिकाको निमन्त्रणामा अन्य पालिकाहरुले पनि विभिन्न झाँकिहरु प्रस्तुत गरे । उक्त झाँकीहरुले कार्यक्रमका सार्थकता र गरिमा बढायो । मुलतः भारतको आदिवासी समुदाय र चिचिला गाउँपालिका तथा यहाँका समुदाय विच साँस्कृतिक सम्बन्ध कायम गर्दै पर्यटन प्रवर्धन गर्ने चिचिला गाउँपालिकाको लक्ष्य थियो । सोहि योजना अनुरुप अन्तर राष्ट्रिय साँस्कृतिक सम्मेलनको आयोजना गरिएको थियो । पन्ध्र सय भन्दा बढिको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम ‘विहानीको चम्किलो सुर्योदय’को रुपमा लिन सकिन्छ ।

कार्यक्रममा चिचिला गाउँपालिकाका संगीनी नाँच, गुरुङ, लोहोरुङ, खालिङ, याम्फु लगायतका समुदायले आफ्नो जातिगत साँस्कृतिक झाँकी प्रस्तुत गरे । चिचिला गाउँपालिकाको निमन्त्रणामा भोटखोलाको भोटे समुदायको स्याप्रु, मकालु गाउँपालिकाको तामाङ समुदायको डम्फु नाँच र याम्फु समुदायको शिली, सभापोखरी गाउँपालिकाको लिम्बु समुदायको च्यप्रुङ, चैनपुर नगरपालिकाको नेवार समुदायको लाखे र धर्मदेवी नगरपालिकाको याक्खा जातिको डोकेनी नाँचले त कार्यक्रमलाई जुरुक्कै उचाल्यो ।

चिचिला गाउँपालिकाको चार माध्यमिक विद्यालयले पनि साँस्कृतिक प्रस्तुती दिएका थिए । पछिल्लो समय लोपोन्मुख मुर्चुङ्गा, बच्छै बाजा र हाक्पारे लगायतका साँस्कृतिक प्रस्तुतिहरु पनि स्थानीयले प्रस्तुत गरे । गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको अध्यक्षता तथा धर्मगुरु सताब्दि पुरुष मानबीर लामा (गुरुङ) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाको प्रमुख राजनितिक दलका प्रतिनीधिहरु, जिल्लाको उच्च पदस्थ कर्मचारीहरु र सवै स्थानीय तहहरुका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । छिमेकी देशलाई समेत समेट्दै विभिन्न जातजातीहरुको साँस्कृतिक विनिमयको कार्यक्रम आयोजना गरिएको प्रति बक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरे । धर्मदेवी नगरपालिकाका साँस्कृतिकर्मी मागमान जिमीले यस्ता कार्यक्रम जनजाति महासंघ जस्ता संस्थाले आयोजना गर्नु पर्नेमा एउटा सानो गाउँपालिकाले आयोजना गरेकोमा धन्यवाद नै दिए ।

भारत आसामका कार्बि समुदायको नेतृत्व गरेका बालेश्वर हान्सेले कार्यक्रममा बोल्दै आफुहरु बार्षिक रुपमा चिचिला गाउँपालिका आउने प्रतिबद्धता ब्यक्त गरे । आफुहरुले हरेक बर्ष उच्च भुभागबाट हिमालको पुजा गर्ने र उपयुक्त स्थान चिचिला गाउँपालिकाको डाँडा रहेको बताए । पुजा स्थलमा आफ्नो छुट्टै संरचना निर्माण गर्ने र सयौंको सङ्ख्यामा हिमालको दर्शन गर्न आउने बताउनुभयो । योसँगै चिचिला गाउँपालिका र चिचिलावासीलाई भारतमा निमन्त्रणा समेत गरे । केहि समय पछि कार्बि समुदायको संस्थाको स्वर्ण महोत्सवमा सहभागिताको लागि समेत निम्तो दिए ।

कार्बि समुदायको पुजा स्थलको लागि गाउँपालिकाको एक सामुदायिक बनले जग्गा उपलब्ध (राजिनाम पास नगर्ने गरि) उपलब्ध गराउने भएको छ । जहाँ उनीहरुले दश लाख भारतीय रुपैयाँको लागतमा संरचना निर्माण गर्ने बताईएको छ । उनीहरु बार्षिक रुपमा सयौंको सङ्ख्यामा चिचिला आउँदा चहलपहल बढ्ने र स्थानीय उत्पादनहरुको खपतमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । यसरी उनीहरुको धार्मीक यात्राको क्रममा चिचिला आउँदा उनीहरुकै माध्ययमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने चिचिलाको दावी छ ।

कार्यक्रम सफलता पुर्वक सम्पन्न हुनुमा चुस्त र जिम्मेवार ब्यवस्थापन नै मुख्य पाटो रह्यो । यो कार्यक्रम सम्पन्न गर्न कार्यक्रम संयोजक ताराबहादुर बुढाथोकीको पनि अहम् भुमिका रह्यो । साथमा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको सहि नेतृत्व सहितको निर्देशन, जनप्रतिनीधिहरुको लगाव, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई नेतृत्वको कर्मचारीहरुको खटाईले राम्रो नतिजा दियो । स्थानीय नागरिकहरुको भुमिका र सहयोग पनि उत्तिकै महत्वपुर्ण थियो । यहि सम्मेलनबाट सुरु भएको अन्तरदेशीय सम्बन्धले गाउँपालिकाको पर्यटन प्रवर्धनमा टेवा पुग्न सके यस पटकको कार्यक्रम एक कोशेढुङ्गा सावित हुनेछ ।

 

शुक्रबार, ३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे