दशैं आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दशैंको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए।

उनका अनुसार बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन्। मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ। छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब पाँच सय पर्यटक पुग्ने गरेका छन् । वर्षात्मा सुनसान हुन पुगेको उक्त होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीको भनाइ थियो। बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए।

“यतिबेला बाहिरी जिल्लासँगै नेपालगन्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन् ”, चौधरीले भने, “दशैं पर्व मान्न गृहजिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गरेका छन्।”काठमाडौंमा अध्ययन गर्दै आएका नेपालगन्ज-२० राँझा निवासी विशाल शर्मा दशैं बिदामा घर आएको बेला होमस्टेको स्वाद चाख्न गाभर पुगेको बताए। काठमाडौंमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दशैं बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे।

दशैं मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी-८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मंगल थारूले बताए। बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उनको भनाइ थियो। दशैंमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको नयाँगाउँ सात नं होमस्टेकी सञ्चालक शोभी थारूले बताइन्।

शुक्रबार, ३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा