Trending
राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमकाबीच मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले बार्षिक प्रतिवेदन पेस गरेका हुन ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताए । आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि उनले स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेस गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गरे । प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले गरेका काम कार्वाहीको बारेमा जानकारी गराए ।
उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको बताए । अध्यक्ष अन्सारीले आयोगले अहिलेसम्म मुस्लिम आयोगले गरेका प्रभावकारी कामा र ग्रामीण क्षेत्रमा रहेका मुस्लिम समुदायको अवश्था र आयोगले गरेको कामको बारेमा जानकारी गराएका थिए ।
उनले मुस्लिम समुदायलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न पनि आग्रह गरेका थिए । बार्षिक प्रतिबेदन बुझाउन आयोगका अध्यक्ष सहित आयोगका सदस्यहरुको पनि सहभागिता थियो ।