file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् ।

आइतबार सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढेको भन्दै उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने बताए । नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउने एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

उनले १० वटासम्म विमान नथपी पर्यटक नेपाल नआउने जिकिर गरे । दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले आजदेखि नेपालगन्जबाट दुर्गम क्षेत्रका निम्ति नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गरिने उल्लेख गरे ।

नेविसंघका सभापति दुजाङ शेर्पाले चाडबाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजार रुपैयाँसम्म पर्ने विषयमा निगरानी गर्न मन्त्री किरातीको ध्यानाकर्षण गराए ।

सरकारका नीति विद्यार्थीमैत्री बनाउनुपर्ने भन्दै उनले उच्च मूल्यवृद्धि रोक्न आग्रह गरे ।

आइतवार, २८ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे