दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सञ्चालित सहुलियत पसलले विपन्न नागरिकलाई राहत भएको छ । बजारमा महँगी बढ्दै गएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न विक्री गर्न थालेपछि विपन्न नागरिक खुसी भएका हुन् ।

जुम्लामा पनि असोज २२ गतेबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गरेको छ । विगतमा दिँदै आएको मूल्य भन्दा सबैखाले चामलमा प्रतिकेजी ७ रुपैयाँ छुट पाउँदा चामल लिने विपन्न नागरिकको भिड छ ।

पातारासीकी बसन्ती ऐडी बजारको महँगीले दशैँ तिहार जस्ता चाडपर्वहरू पनि मनाउन मुस्किल भएको बताउनुहुन्छ । निको मसिनो खान नसकेपनि सहुलियत पसलबाट सस्तोमा पाईने खाद्यान्नले पनि राहत मिल्ने उनको भनाई छ ।

नेक ब्लाष्ट रोगको प्रकोपले धानबाली सखाप भएपछि जुम्लाका अधिकांश किसान अहिले खाद्यकै चामलको भरमा छन् । बजारको महँगीले सामान्य नागरिकलाई किनमेल गर्न मुस्किल छ । सहुलियत पसलले बसन्ती जस्तै हजारौँ जुम्लीबासीलाई राहत मिलेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखाका प्रमुख निर्मल बिष्टले सहुलियत पसलले विपन्न नागरिकलाई थोरै भएपनि राहत पुगेको बताए । उनले भने,“सहुलियत पसल सञ्चालनसँगै चामल लिनेको दैनिकजसो भिड हुन्छ । सङ्ख्या एकिन भएको छैन । तर सबै क्षेत्रबाट चामल लिन आइरहेका छन् ।

दशैँ तिहारका लागि १२ सय क्वीईन्टल मौज्दात

जुम्लामा यसपालिको दशैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । पटक पटक खाद्यान्न अभाव भोग्दै आएको जुम्लामा यस वर्ष दशैँ तिहारका लागि पर्याप्त चामल मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लामा दशैँ तिहारका लागि एक हजार दुई सय क्वीईन्टल खाद्यान्न स्वीकृत गरी पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाका प्रमुख निर्मल बिष्टले बताए ।

यसपालिको दशैमा जुम्लामा खाद्यान्न अभाव हुने छैन । त्यसका लागि आवश्यक खाद्यान्न मौज्दात भइसकेको छ । प्रमुख विष्टले भन्नुभयो,“दशैँ तिहारका लागि १२ सय क्वीईन्टल चामल मौज्दात छ । २२ गतेबाट सहुलियत मूल्यमा खाद्यान्न विक्री सुरु हुने छ । चाडपर्वका लागि १२ क्वीईन्टलनै स्वीकृत भएर आएको छ । जिरा मसिनो चामल सहुलियतमा उपभोक्तालाई विक्री गर्ने तयारी छ ।”

जुम्लाका लागि चालु आव २०८०÷८१ म कुल पाँच हजार पाँच सय कोटा खाद्यान्न स्वीकृत भएको थियो । जसमा नयाँ एक हजार तीन सय २० क्वीईन्टल चामल ढुवानी भएर आइसकेको छ । भने कुल जम्मा हाल दुई हजार दुई सय ३५ क्वीईन्टल खाद्यान्न सदरमुकाम डिपोमा मौज्दात रहेको प्रमुख विष्टले जानकारी दिए ।

कुल २३ सय ३५ क्वीईन्टल मौज्दात मध्य दशै तिहारका लागि मात्रै १२ सय क्वीइन्टल खाद्यान्न छुटाईएको छ । बाँकी एक हजार ३५ क्वीईन्टल चामल कारागार,विपद्,जन्म मृत्यु तथा सर्वसाधारणलाई खुल्ला विक्रीका लागि राखिएको छ ।

चालु आवको वार्षिक स्वीकृत कोटा ५५ सय क्वीईन्टल भएपनि १३ सय २० क्वीईन्टल मात्रै ढुवानी भएको र अझै चार हजार एक सय ८० क्वीईन्टल चामल ढुवानी हुन बाँकी रहेको शाखा प्रमुख विष्टको भनाई छ ।

दोस्रो चरणको चामल ढुवानीका लागि आसय पत्रको सूचना भएको र ठेकेदार सँग सम्झौता गर्नु पर्ने पत्र आईनसकेको हुँदा रोकिएको उल्लेख गरे । यद्यपि चामल ढुवानीको पहल जारी रहेको जनाइएको छ ।

बिहिबार, २५ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे