रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लामा पुनः उडान सुरु गरिएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनसम्म निरन्तर मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

बिहीबार बिहानदेखि उडान सुरु गरिएको हो । योसँगै रामेछापमा अलपत्र परेका पर्यटक लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । उडान सुरु भएसँगै पर्यटक खुसी भएका जनाइएको छ । पर्यटकीय चापका बेला सामान्य अवस्थामा लुक्ला विमानस्थलमा दैनिक ४० भन्दा बढी उडान-अवतरण हुने गरेको छ ।

आज यती एयरलाइन्सले लुक्ला विमानस्थलमा १५ उडान-अवतरण गर्ने तालिका रहेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ‘पाँच दिनदेखि मौसममा सुधार नहुँदा उडान ठप्प भएको थियो । पर्यटकहरू फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए ।

केही हेलिकोप्टरमार्फत उडान गरी गन्तव्यतर्फ लागेका थिए । आज मौसम खुलेसँगै उडान सहज भएको छ’, यती एयरका प्रवक्ता बर्ताैलाले भने, ‘हाम्रो जहाज तथा जनशक्ति सबै मन्थली विमानस्थलमै थिए, आज बिहानैदेखि उडानहरू सुचारु भइइरहेका छन् ।’

बिहिबार, २५ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे