संखुवासभाको चिचिला गाउँपालिकाले अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन गर्ने भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरी पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय सम्मेलन गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शर्पाले यहि असोज २७ गते अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन गरी पर्यटन प्रर्वद्धन गर्न लागिएको जानकारी दिनुभयो । सम्मेलनमा भारतको आसामबाट आदिबासी समुदाय, कार्भि कुर्फो आमेईको सहभागिता रहने छ । अमेरिका र चीनबाट समेत प्रतिनिधिमुलुक सहभागिता रहने आयोग चिचिला गाउँपालिकाले जनाएको छ । सम्मेलनमा जिल्लाका ९ वटा पालिकाकाका जातजातिहरुको साँस्कृतिक झाँकीहरुसमेत प्रस्तुत गरीने छ । अन्तराष्ट्रिय सम्मेलनमा स्थानीय उत्पादनका स्टलहरु राखिने छन् । सम्मेलनले चिचिला गाउँपालिकाको साँस्कृतिक एंव पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास गरीएको छ । यस अघि पनि गाउँपालिकाले पर्यटन प्रवद्धनको क्षेत्रका बिभिन्न काम गर्दे आएको छ ।
कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । कार्यक्रममा लोपोन्मुख रहेको हाक्पारे, ठाडो भाका, बिनायो, मुर्चुङ्गा, पिप्पिरी (पात बजाउने) कलाहरु समेत प्रदर्शन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय उत्पादन तथा खाद्य पदार्थहरुको प्रदर्शनी पनि राखिने अधिकृत राईले बताउनुभयो । कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवर्धन रहेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिका भित्रको उच्च क्षेत्रको भुभाग उपलब्ध (अस्थायी रुपमा) गराउनु पर्ने र सो क्षेत्रमा उनीहरुको धार्मिक संरचना निर्माण गर्ने सहमति भएको छ । सो स्थानबाट हरेक बर्ष कार्वी समुदाय आएर हिमालको पुजा गर्ने सहमति भएको छ । हरेक बर्ष सय जना भन्दा बढी हिमालको पुजा गर्नकै लागि चिचिला आउँदा त्यस क्षेत्रको स्थानीय उत्पादनले बजार पाउने गाउँपालिकाको अपेक्षा छ । उनीहरुकै माध्ययमबाट पनि पालिकाको प्रचार हुने समेत गाउँपालिकाको अपेक्षा रहेको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
कार्यक्रममा नेपाल, भारत, चिन र अमेरिकाका प्रतिनीधिहरुसँग साँस्कृतिक विनिमय हुने भएकोले कार्यक्रमको नाम अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन राखिएको कार्यक्रमका संयोजक ताराबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उक्त नाम राख्नका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएको समेत बुढाथोकीले जानकारी दिनुभयो ।

सोमवार, २२ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे