file photo

शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका ४३६ जनाले आरोहण अनुमति लिएका हुन्। आरोहण अनुमति लिनेमा ५६ समूहका ९४ जना महिला र ३४२ जना पुरुष रहेका छन्।

यस ऋतुमा हिमाल आरोहण गर्न नेपाल आउनेमा सबैभन्दा बढी चीनबाट ६७ जना आरोहीले अनुमति लिएका छन्। यस्तै रुसबाट ३६, अमेरिकाबाट ३६, भारतबाट २४, जापानबाट २८, फ्रान्सबाट २५, बेलायतबाट २२ र स्पेन तथा जर्मनीबाट २०–२० जनाले अनुमति लिएको विभागले जनाएको छ। सबै हिमालतर्फ अनुमति लिनेमा ४८ महिला र ३११ जना पुरुष रहेका छन्।

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार मनासलु र धौलागिरिको आरोहण अन्तिम चरणमा रहेको बताए। उनले भने, “यस पटकको आरोहणमा हिमाली मौसमले साथ दिँदा दुर्घटनारहित आरोहण भएको छ। मनासलु आरोहणमा गएकामध्ये ९९ प्रतिशतले आरोहण पूरा गरिसकेका छन् भने धौलागिरि आरोहण गर्न गएको अन्तिम टोलीले समेत शनिबारसम्म चुचुरो टेक्ने तयारीमा छ।”

अन्य हिमालमा रहेका आरोहीसमेत आरोहण गरेर फर्किन थालेका र अमादब्लम हिमाल आरोहणका लागि डोरी टाँग्ने समूह असोज १५ गते हिमालतर्फ लाग्ने उनले बताए।

यस वर्षको शरद ऋतुमा सबैभन्दा बढी मनासलु आरोहण गर्न अनुमति लिएका छन्। शुक्रबारसम्म मनासलु आरोहण गर्न २६ समूहका ३०१ जनाले अनुमति लिएका हुन्। मनासलु आरोहण गर्न ६५ महिला र २३६ पुरुष आरोहीले अनुमति लिएका छन्। आरोण अनुमति लिएकामध्ये आधाजसोले आरोहण पूरा गरिसकेको विभागले जनाएको छ।

मनासलुपछि सबैभन्दा बढी धौलागिरि पहिलो आरोहण गर्न चार समूहका १२ पुरुष र ११ महिला गरी २३ जनाले अनुमति लिएको समेत विभागले जनाएको छ।

यस वर्षको शरद ऋतुमा हालसम्म रक्सा उराई, पुठा हिउँचुली, कुम्भकर्ण, हिमलुङ, नेमजुङ, मकालु पहिलो, थापा पिक, अन्नपूर्ण चौथो, पुमोरी हिमाल, लिङ्ट्रेन, बरुणत्से, द्रोह्मो, अमादब्लम, क्याबुरु, अनिदेश चुली, श्रीबुङ, चोयु, पूर्वी च्याचु, चोबुचे, टुकुचे पिक, खायाङ, चण्डी हिमाल, हुङ्कुचुली र उत्तरी सुर्मा सरोबर आरोहणका लागि खुला गरिएको विभागले जनाएको छ।

शरद ऋतुमा २६ वटा हिमाल आरोहण अनुमति दिए बापत सरकारले चार करोड १० लाख १४ हजार ७९७ रुपियाँ आरोहण दस्तुर प्राप्त गरेको छ।

मङ्लबार, १६ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा