Trending
संखुवासभाका छिरीङ पान्दे भोटे मनास्लु हिमालको चुचुरोबाट स्की गर्न सफल भएका छन् । मनास्लु हिमालको आरोहणसंगै उन्ले चुचुरोबाट स्की गरेका थिए । प्रख्यात पर्वतारोहण पथप्रदर्शक भोटे मनास्लु हिमालको चुचुरोबाट स्की गर्ने उनी पहिलो नेपाली आरोही बनेका छन् । संखुवासभा जिल्ला भोटखोला–३ का भोटेले यही सेप्टेम्बर २१ तारिखका दिन बिहान १०ः३७ बजे विश्वको आठौं अग्लो चुचुरो चुम्न सफल भएका थिए । छिरीङ पान्दे भोटेले न्युजिल्यान्डबाट माउन्टेन गाइड सम्बन्धी महत्वपुर्ण ज्ञान प्राप्त गरेका थिए । साथै उनी नेपालको सटिफाइट माउन्टेन गाइडको पहिलो ब्याज बन्न सफल पनि भएका थिए । भोटे नेपालको पहिलो लङ लाइन हेलिकप्टर रेस्क्यु स्पेशलिस्ट उद्धार विशेषज्ञ एण्ड इन्स्टक्टर पनि हुन् ।
सन् १९९६ देखि पर्वतारोहण करियर सुरु गरेका उनले अहिलेसम्म सगरमाथा, चो ओयु, शिशापाङ्मा, मनास्लु, धौलागिरी, मकालु र ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेका छन् । उनी नेपालको पहिलो रेको प्रशिक्षक पनि हुन् । भोटेले सामाजिक काममा रहेर पनि जिल्ला र बाहिर बिभिन्न काम गर्दे आएकाछन् ।