कोरोनाको मारमा परेको पर्यटन क्षेत्र विस्तारै ‘रिकभर’को लयमा छ । नेपाल पर्यटन बोर्डको तथ्यांकानुसार गएको सेप्टेम्बरमा ९१ हजार १२ पर्यटक नेपाल भित्रिएका छन् ।

कोरोना सुरु हुनुअघि सन् २०१९ सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार पर्यटक आगमन ९८.२८ प्रतिशतले ‘रिकभर’ भएको हो ।

कोरोनाका कारण २०२० सेप्टेम्बरमा ५८४ पर्यटक मात्र नेपाल भित्रिएका थिए । २०२१ सेप्टेम्बरमा नौ हजार ९०७ पर्यटक नेपाल आएका थिए । २०२२ सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ ।

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । बोर्डका अनुसार सो अवधिमा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि चीनबाट आठ हजार १७४, अमेरिकाबाट सात हजार ३६४ पर्यटक नेपाल आएका छन् ।

बंगलादेशबाट तीन हजार ७१६, अस्ट्रेलियाबाट तीन हजार ६८५, बेलायतबाट तीन हजार ६४०, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार ८५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार ७३४ पर्यटक भित्रिएका बोर्डको तथ्यांक छ ।

 

आइतवार, १४ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा