मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले धार्मिक सहिष्णुता र आपसी भाईचाराको सम्बन्धबाट मात्र शान्ति कायम गर्न सकीने बताउनुभएको छ । आज काठमाडौमा मुस्लिम आयोग र साउदी राजदूतावासले इस्लाममा सहिष्णुता, सहअस्तीत्व र सामाजिक शान्ति प्रर्वद्धनमा भूमिका कार्यक्रममा उहाँले जुन सुकै जात,धर्म मान्ने भए पनि शान्ति एकता र सदभाव कायम गर्नु पर्ने बताउनुभयो । उहाँले बिश्व व्यापी रुपमा शान्तिको लागि बिभिन्न मुलुकबाट शान्तिकोलागि आवाज उठी रहेको भन्दै सबै धर्मवालम्बिको मुख्य उद्धेश्य शान्ति भएको पनि बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अतिबादी सोच मानव जीवनकोलागि कंलक भएको बताउनुभयो । उहाँले अतिवादी सोचबाट आफू पनि बच्नु पर्ने र अरुलाई पनि बचाउनु पर्ने खाँचो औल्याउनुभयो । उहाँले बाहिरी मुलुकबाट नेपाल आउने व्यक्तिहरुले धार्मिक सहिष्णुता र सद्भावको सन्देश लिएर फीर्ने पनि बताउनुभयो ।


उहाँले राज्यले धार्मिक आस्थाअनुसार शिक्षा पाउने व्यवस्थाको ग्यारेन्टी राज्यले गर्नु पर्ने पनि बताउनुभयो । उहाँले मुस्लिमका लागि मदरसा शिक्षा, बुद्धिष्टका लागि गुम्बाको शिक्षा, हिन्दुका लागि संस्कृत शिक्षा पाउने लगायत सबै धर्म र समुदायका मानिसले आफ्नो धार्मिक आस्थाको आधारमा शिक्षा पाउने गरी छलफल अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई आफ्नो औचित्य पुष्टि हुनेगरी काम गर्न पनि सचेत गराउनुभएको थियो ।
दुई दिने गोष्ठीमा साउदी अरब सरकारका सचिव, प्रतिनिधिहरु पनि सहभागी भएका छन् । नेपालका मुस्लिम समुदायलाई प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री, विभिन्न संघ, संगठन पनि गोष्ठीमा सहभागी रहेको मुस्लिम आयोगले जनाएको छ ।

सोमवार, १ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !