जलवायु परिवर्तन न्यूनिकरणकालागि खनिज इन्धनको अन्त्य आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएकाछन् । आज ललितपुरमा खनिज इन्धन उत्पादन र इन्धनको प्रयोगको अन्त्यकालागि गरीएको जलवायु मार्चका सहभागिहरुले खनिज अन्त्यकालागी जोड दिएका हुन । खनिज इन्धन अन्त्यकालागि आज बिश्वब्यापी भई रहेको जनपरिचालन अन्र्तगत आज ललितपुरमा पनि पृथ्वी बचाउन माग गर्दे प्रदर्शन गरीएको हो । बढ्दो ग्याँस र तेललाई चरणबद्ध हटाउनुको सट्टा सरकारले बिस्तार गर्दे गएको उनीहरुको आरोप छ । खनिज र इन्धनको छिटो अन्त्य गरी कार्वन अर्थतन्त्रको रुपमा पुनर्निर्माण उनीहरुको माग छ । धनि राष्ट्रहरुले जलवायु संकटमा परेका बिकासोन्मुख मुलुकमाथि बढी दायित्व र भार बोकाएको भन्दै उनीहरुले बिरोध गरेकाछन् । प्रकृति संरक्षण जनचेतना अभियान्ता डा. सुरेश तामाङले खनिज ईन्धनको बिस्थापन बिना जलवायु परिवर्तन न्यूनिकरण असम्भव रहेको बताउनुभयो ।

खनिज इन्धनको न्यायोचित र समानुपातिक अन्त्यको माग गर्दे युवाहरुले ललितपुरको जावलाखेलबाट पाटन दरबारसम्म बिरोध प्रदर्शन गरे । पछिल्लो समयमा जलवायु परिर्वतनको असर विकासोन्मुख मुलुकमा देखा परेको भन्दै साझा मुद्धामा सबै एक भएर लड्नु पर्ने उनीहरुको भनाई थियो । उनीहरुले नविकरणीय उर्जामा जोड दिनु पर्ने माग गरेकाछन् । पृथ्वी बचाउन सबै एकै ठाउँ उभिनु पर्ने उनीहरुको भनाई थियो । सहभागिहरुले पृथ्वीको बढ्दो तापमान प्रति चिन्ता व्यक्त गर्दे साझा मुद्धामा सबैको समान धारणा बन्नु पर्नेमा जोड दिए ।

शनिबार, ३० भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !