संखुवासभाको सिप्रुङमा भोटखोला आर्चरी संघको केन्द्रीय कार्यालय स्थापना गरीएको छ । आर्चरी खेलको प्रशिक्षण दिने उद्धेश्यले सिकाई सेन्टरसमेत स्थापना गरीएको छ । पछिल्लो समय आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्व बढ्दै जान थालेपछि भोटखोलामा आर्चरी खेलको सिकाई सेन्टर स्थापना गरीएको हो । लामा समुह(क्षेसोङ) र नेता समुह (ज्यासोङ) सहितको संयुक्त टोलीसहितको सहभागितामा आज बिधिवत भोटखोला–४ सिप्रुङमा आर्चरी खेल सिकाई सेन्टर खुलेको हो ।

प्रशिक्षकको रुपमा तेम्बा भोटे रहेका छन भने प्रमुख व्यवस्थापकको जिम्मेवारी मिक्माछेदर भोटेलाई दिईएको छ । प्रशिक्षण केन्द्रको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले एक कार्यक्रमकाबीच गर्नुभयो । पछिल्लो समय आर्चरी खेल लोकप्रिय बन्दै गएको छ । आर्चरी खेललाई राष्ट्रिय मान्यता दिनु पर्ने माग पनि गरीदै आएको संखुवासभा आर्चरी संघका अध्यक्ष पासाङ भोटेले बताउनुभयो । यो खेला जिल्लास्तरमा, प्रदेशस्तरमा र राष्ट्रियस्तरमसमेत प्रतियोगितात्क रुपमा खेलीदै आएको छ । यसलाई बुझ्ने भाषमा तिर हान्ने खेल पनि भनिदै आएकोछ ।

 

गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले भोटखोला क्षेत्रमा मात्र नभई जिल्ला र प्रदेशस्तरकालागि यो एउटा प्रशिक्षण केन्द्र बन्न सक्ने बताउनुभयो । यसले युवा तथा खेलाडीहरुको शारिरीक तथा मानसिक बिकाससमेत हुने बिश्वास व्यक्त गर्नुभयो ।

बिहिबार, २८ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !