मुस्लिम आयोगले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुको धर्म एंव आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाई राख्न सबैसंग आग्रह गरेको छ । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले सर्लाही घटनालाई लक्षीत गर्दे आज जारी गरेको प्रेस बिज्ञप्तीमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मधेश प्रदेश अन्र्तगत सर्लाहीको मलंगवलगायतका केही स्थानमा हिजो केही उश्रृङ्खल व्यक्तिहरुले मुस्लिम समुदाय र समुदायका धार्मिक धरोहरमाथि आक्रमण गरेकोमा खेदसमेत व्यक्त गर्नुभएको छ । उहाँले यस्तो कार्य निन्दनीय भएको भन्दै नेपालमा सदियौदेखि चलि आएको धार्मिक सहिष्णुतालाई खल्बल्याई सामाजिक अशान्ति फैलाउने कार्य भएकोमा मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मधेश प्रदेशका केही जिल्लाहरुमा बिगतमासमेत पटक पटक यस्ता कार्य भएको भन्दै कानुनको उल्लंघन गरी धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानुनको दायरामा ल्याउन समेत आयागले माग गरेको छ ।
समाजमा शान्ति सुरक्षा कायम गर्ने सरकारको जिम्मेवारी भएकाले यस्ता घटना दोहोरीन नदिन र शान्ति सुव्यवस्था कायम गर्न पनि सरकारसंग आग्रह गरेको आयोगका अध्यक्ष अन्सारीद्धाराजारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।