नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँमा एकीकृत ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान परिस्थितिमा कोशीमा मिलेर वा चुनावमा जानुपर्ने अवस्था देखिएकाले मिलेर अघि बढ्नु उत्तम हुने जिकिर गरे । उनले चुनाव नै भए पनि गठबन्धनलाई फाइदा पुग्ने भए पनि राष्ट्रलाई थप आर्थिक भार पर्ने भएकाले चुनाव गर्न नहुनेमा जोड दिए । अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।​ उनले पार्टी अघि बढाउने कुरामा एमाले र केपी ओली प्रवृत्ति समस्या भएको भन्दै त्यस्तो प्रवृत्तिलाई नपन्छाएसम्म संगठन र राजनीति अघि बढ्न नसक्ने तर्क गरे । ध्यक्ष नेपालले शनिबार नै आफू र चिनियाँ राजदूतसँग भेट भएको र भेटमा प्रधानमन्त्रीको चीन भ्रमणका साथै दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए ।

शनिबार, २३ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !