भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले किमाथांका–लेगुवा–चतरा सडक सोझै चीनसंग जोड्ने ब्यापारिक नाका हुने बताउनु भएको छ । आज यो सडक निर्माण र किमांथाका नाका चाडो खोल्न मन्त्री ज्वालाको ध्यानाकर्षण गर्न गएको प्रतिनिधिमण्डलसंग उहाँले यो सडकको बिशेष महत्व रहेको बताउनु भएको हो । प्रदेश सांसद राजेन्द्र कार्की, अमेरिककाकालागि पूर्व राजदूत तथा बिकास बिज्ञ डा. अर्जुन कार्की र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले संयुक्त रुपमा भेटी यो सडक चीनसंगको ब्यापारमा सबै भन्दा कम दुरीको सडक भएकाले यो सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको थियो ।
यो सडक खोलेमा संखुवासभा ब्यापारिक बन्ने मात्र नभई आर्थिक दृष्टिकोणले सम्पन्न बन्ने उहाँहरुको भनाई थियो । चीनलाई नेपालसंग जोड्ने सबै भन्दा छोटो दुरीको सडक भएकाले यो सडक खोल्न आग्रह गरीएको अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । त्यसैगरी तीन बर्षदेखि कोभिडको बाहनामा बन्द गरीएको किमांथाका नाका चाडो सुचारु गर्न समेत मन्त्रीको ध्यानाकर्षण गरीएको थियो ।