Trending
पराष्ट्रमन्त्री एनपी साउदले चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा ल्याउने बताउनु भएको छ । आज बुधबार संखुवासभाको तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै मन्त्री साउदले उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा ल्याउने बताउनुभएको हो । भारतीय दुतावासको सहयोगमा निर्माण भएको हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन गर्न संखुवासभा पुग्नु भएका साउदले किमाथांका नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याउने बताउनुभयो । किमाथांका नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याउने उहाँको भनाइ छ । उहाँले किमाथांका नाका खोल्न भूराजनीतिक कारण नभएको पनि प्रष्ट पार्नुभयो । आगामी असोज ६ मा हुने प्रधानमन्त्री पुष्पकलम दाहालको चीन भ्रमणमा किमाथांका नाका खुलाउन एजेण्डामा राखिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । किमाथांकामा सडक निर्माण र ट्रान्समिसन लाइन निर्माणका लागि चीन सरकार सकारात्मक भएको परराष्ट्रमन्त्री साउदले बताउनुभयो ।