विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहण गरेका छन् । उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा आज अफिका समय अनुसार बिहान ७ बजे ३० मिनेटमा सफल आरोहण गरेका हुन् । उक्त हिमालको सफल आरोहणसँगै उनले सात महादेशका अग्ला शिखरहरु मध्ये पाचँ वटा हिमालहरु चढन सफल भएका छन् । सातै महादेशका अग्ला शिखरमा मध्ये सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनालीको सफल आरोहण गरिसकेका शेर्पाले बताए । सात महादेशका अग्ला शिखरहरु चुम्न अब दुईवटा मात्र बाँकी छ । बाँकी रहेका हिमालहरु अस्ट्रेलियामा रहेको कार्स्टेन्स पिरामिड र अन्टार्कटिकामा रहेको माउन्ट भिन्सन हुन् ।
उनले गत वर्षको सिजनमा केटु हिमाल पाँचौं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोडेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । शेर्पा विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोही हुन् ।

बिहिबार, १४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे