भालुको आक्रमबाट संखुवासभामा दुईजना गम्भिर घाईते भएकाछन । भोटखोला गाउँपालिका–४ इलामेमा आज दिउँसै भालुले आक्रमण गरेर दुईजनालाई सख्त घाईते बनाएको हो । गम्भिर घाईतेहुनेहरुमा प्रेम गुरुङ र राजमान राई रहेका छन् । गम्भिर घाईते भएका उनीहरुको स्थानीय गोला प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी गाउँपालिकाको सहयोगमा जिल्ला सदरमुकाम खाँदबारी पठाईएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । मकालुबरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएर भालुले आक्रमण गरेको बताईएको छ ।

आफ्नो खोरियाबारीमा काम गरी रहेको अवस्थामा भालुले आक्रमण गरेको थियो । राजमान राईभने अझै अचेत अबस्थामा रहेकाछन् । गम्भिर घाईते भएका दुबैजनालाई उपचारकालागि काठमाडौ पठाउने तयारी भई रहेको अध्यक्ष भोटेले जानकारी दिनुभयो । भोटखोला क्षेत्रमा बर्षेनी निकुञ्जका कारण जंगली जनावरको आक्रमणमा परि सर्वसाधरणले आफ्नो घरायसी काम गर्दासमेत ज्यान गुमाउनु परेको अवस्था छ । सख्त घाईतेलाई क्षतिपुर्तिसहितको व्यवस्थाकालागि निकुञ्जसंग पहल गरीने अध्यक्ष भोटेले बताउनुभयो ।

बुधबार, १३ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे