संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सिद्धकाली मन्दिर परिसरमा लक्ष्मीनारायणको मन्दिर पुनः निर्माकासाथ हस्तान्तरण गरीएको छ । चैनपुर नगरपालिका अन्तर्गत वडा नम्बर ३ मा पर्ने सिद्धकाली भगवतीको प्राङ्गणमा ,लक्ष्मी नारायणको मन्दिर पुनः निर्माण गरीएको हो । त्यसैगरी सतीदेबीको दाहिने आँखा पतन भएको स्थानमा अर्थात मन्दिर भन्दा करिब २ सय मिटर तल रहेको ठाउमा दाहिने आँखा राखेर दुर्गाको मूर्ति स्थापना गरीएको छ ।

मन्दिरको बिधिवत रूपमा उद्घाटन गरेर मन्दिर संरक्षण सम्बर्द्धन समितिलाई हस्तान्तरणसमेत गरीएको छ । दाताहरु चन्दबहादुर डागिका सुपुत्र भरत डागि ,हरिराम डागि ,शिव डागिलगायतबाट मन्दिर स्थापनामा सहयोग गरीएको हो । मन्दिरको बिधिवत रुपमा जलमा नुहाएर राखिएको लक्ष्मीनारायण थलमा निकालेर मूर्ति स्थापना गरीएको हो । सतीदेबीको दाहिने आँखा पतन भएको यो धार्मिक तिर्थस्थल हरिनारायणको मन्दिर, दुर्गाको मूर्ति निर्माणसंगै यसको धार्मिक र पर्यटकीय दुष्टिकोणले महत्व बढ्दै गएकोछ । यसले सिंगो जिल्ला, कोशी प्रदेश मात्र नभएर नेपालभरका पर्यटकहरुलाई आकर्षित गर्ने छ । सिद्धकाली देवीको गरिमा झनै बढ्ने बिश्वास गरिएको छ ।

यसले यहाँका ऐतिहाँसीक कृति मात्र राख्ने छैन, छिमेकी मुलुकहरुबाट समेत भक्तजनको ध्यानाकर्षण गर्ने छ ।

आइतवार, १० भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे