टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न सकिने इलामको जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थल बनेको छ। कोशी प्रदेश सरकारले जौबारी पुग्ने सडक स्तरउन्नती गरेसँगै पर्यटन पूर्वाधार निर्माण गरिएपछि अहिले यहाँ देश विदेशका पर्यटकहरु पुग्न थालेका हुन् । सदरमुकाम इलाम बजारबाट ३० किलोमिटरको उत्तर दक्षिण क्षेत्रको यात्रापछि गरेपछि पुगिन्छ, इलामको सुन्दर हिमाली व्यापारिक तथा पर्यटकीय केन्द्र जौबारी हो । जौबारीलाई इलामको मुस्ताङ समेत भनिन्छ । हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिन्छ जौबारीमा । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका–५ र माई जोगमाई गाउँपालिका–२ मा अवस्थित छ । जौबारी पुग्ने सडक स्तरउन्नती गरिएपछि अहिले नेपालको तराई क्षेत्रका पर्यटक पनि पुग्न थालेका छन् । जौबारीमा भारतको दार्जिलिङबाट मानेभञ्ज्याङ हुँदै पर्यटक आउने गरेको स्थानीय मान बहादूर गुरुङ्गले बताउनुभयो ।

वर्षातयामको झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिमपात जौबारीमा पर्यटक तान्ने माध्यम हो । जौबारी पुग्दा स्वर्गीय आनन्द टल्कने हिमालको दृश्यबाट लिन सकिन्छ । झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिउँको चिसोको वास्ता नगरि जौबारी पुग्ने पर्यटकलाई स्थानीयले न्यानो स्वागत गर्छन् । वर्षातसँगै बाक्लो हिमपात हुँदा जौबारीमा हिउँ खेल्ने पर्यटकहरुको भिड नै लाग्ने भएकाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएको माइजोगमाइ गाउँपालिका अध्यक्ष कुसबहादुर थेवेले बताउनुभयो । हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारी पुग्ने हरेकको मन लोभ्याउँछ । भारतीय सीमा क्षेत्रबाट नजिकै रहेको जौबारी बजार कोशी प्रदेशकोक प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर तिर लम्किएका पर्यटकको बास बस्ने रमणिय क्षेत्र हो । चित्रै चित्राले बनेका कलात्मक काठेघरहरुमा बस्दै स्थानीय शेर्पा, तामाङ, राई र गुरुङ जातीको परम्परागत संस्कृति र रसहसहनमा लुटपुटिदै अनि नेपाली गाउँघरहरु दृश्यअवलोकन गर्न बाह्य मुलकका धेरै पर्यटकहरु वर्षेनी यहाँ आउने गरेका छन्

शनिबार, ९ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत