चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेत लगिने निर्णयसहित पारिश्रमिक वृद्धि गरिएको हो । चिया श्रमिकको करिब डेढ महिना लामो आन्दोलनपछि निगमले मजदुरसँग सहमति गरेको हो । निगम अन्तर्गत झापामा तीन र इलाममा चार गरी सातवटा बगान छन् । जसमध्ये ६ वटा बगानमा करिब चार सय स्थायी मजदुर रहेका छन् । सरकारी जग्गामा रहेका यी सात बगानमा ६५ प्रतिशत निजी क्षेत्र र ३५ प्रतिशत सरकारको स्वामित्व छ । चियाबगान क्षेत्रका मजदुरहरूले समयानुकूल पारिश्रमिक वद्धि गर्नुपर्ने, श्रम सम्झौता गरेर काममा लगाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा मजदुरलाई आबद्ध गराउनुपर्नेलगायत माग राख्दै गत असार ३१ देखि आन्दोलन गर्दै आएका थिए ।

शनिबार, ९ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे