च्याउ खेती गर्न नेपालका कृषकहरु उत्साहित भएकाछन । नेपालकै सबै भन्दा ठुलो च्याउ खेती भएको स्थान चित्लाङको इअन्द्रेनी च्याउ फार्मको अवलोकन गरे पछि कृषकहरु च्याउ खेतीमा आकर्षित हुनुको साथै उत्साहित भएका छन् । कृषकहरुलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत रोटरी क्लब महाराजगञ्ज तथा रोटरी डिस्ट्रिक ७४१० पेन्सुल्भेनिआ अमेरिकाको संयुक्त सक्रियतामा प्रशिक्षणसहित तालिम प्रदान गरीएको थियो ।
तालिमको उद्घाटन गर्दे रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेन्ट डा. जयबहादुर टन्डनले नेपालमा च्याउ खेतीको अत्याधिक सम्भावना रहेकोे र बिदेशसमेत निर्यात गर्न सकीने बताउनुभयो । उहाँले कृषकहरुको आर्थिक उन्नतीको लागि प्रशिक्षण र तालिमसंगै च्याउ खेतीको व्यवस्थापन गरीने बताउनुभयो । शैक्षिक तालिम बिना च्याउ खेतीकालागि कृषक दक्ष नहुने भएकाले तालिम पछि च्याउ खेतीमा सहभागि गराईने पनि बताउनुभयो । उहाँले कृषक च्याउ खेतीका लागि उत्सहित भएको र उनीहरुको तत्परताका आधारमा आकर्षित कृषकलाई छनौट गरेको पनि बताउनुभयो । आवश्यक बिउ बिजन मलको व्यवस्थापन र व्याड बनाउन कृषकलाई सहयोग गर्ने उहाँको भनाई थियो ।


तालिम सकिए लगतै टनेल बनाएर च्याउ खेतीको उत्पादन थालिने छ । क्लबले कृषकले उत्पादन गरेको च्याउको बजारसमेत व्यवस्थापन गरीदिने भएको छ । तालिम प्रशिक्षक सुमन महर्जनले तालिममा सिकेका कृराहरु कृषकले व्यवहारमा लागु गर्ने भन्दै च्याउ खेती कृषकहरुकालागि प्रभावकारी हुने बताउनुभयो । च्याउ खेतीबाट धेरै कृषक लाभान्वित हुने उहाँको भनाई छ । कृषक बीरमान राइले कृषककालागि गरीएको च्याउ खेती उपयोगि हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सिकेका कुरालाई कार्यान्वयन गर्न कृषकलाई सहयोगको आवश्कता रहेको भन्दै यसबाट कृषक लाभान्वित हुनेमा जोड दिनुभयो । कृषककोलागि ठूलो सहयोग मिलेको भन्दै च्याउ तालिम पछि च्याउ खेतीमा लाग्ने उहाँको भनाई थियो । उहाँले बजारको प्रबन्ध भएकाले यसबाट मनग्य नाफा कमाउन सक्ने पनि बताउनुभयो ।


१५ दिने प्रशिक्षणमा सहभागि बिभिन्न जिल्लाबाट आएका कृषकहरु च्याउ खेतीमा सम्लग्न हुनेछन् । कृषकलाई आर्थिक रुपले सम्पन्न बनाउने उद्धेश्यले सञ्चालित परियोजना यहि भाद्र २०८० देखि सुरु भै २०८१ साल आषाढमा पुराहुने बताईएको छ । कार्यक्रमको निरन्तरता तथा दिगोपनाको लागि परियोजना पुराभएपछी पौरखी नेपालले सहजकर्ताको रुपमा सहयोग पु¥याउने छ ।

कार्यक्रममा रोटरी क्लब महाराजगञ्जका पदाधिकारी तथा सदस्यहरु , रोटरी क्लब काभ्रे भ्यालीका अध्यक्ष रिकेस कायस्थ लगायत क्लबका अभिभावक जी.एस. आर रोटरियन महेश्वोर भक्त श्रेष्ठ, तथा जूम मार्फत अन्तरराष्ट्रिय रोटरी डीष्ट्रीक्ट ७४१० अमेरिकाका तर्फबाट यस परियोजनाका प्रमुख भूतपुर्व गवर्नर श्रीमती मार्सा लंघमान तथा अमेरिका तथा क्यानाडाका सहयोगी दाता रोटरियनहरुको सहभागिता रहेको थियो ।
तालिम प्रशिक्षणलगतै बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर– ६ च्यासिंग टोलका ग्रामिण बिपन्न किसानहरुको जिबन स्तर अभिवृद्धि गर्ने उदेश्यले दिगो च्याउ खेतिको परियोजना सुरु गरिने छ ।

बिहिबार, ७ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !