प्रख्यात कीर्तिमानी आरोहि लाक्पा शेर्पाले अफ्रिका महादेशको सबै भन्दा अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेकाछन् । उन्ले आरोहणकालागि अत्यन्तै कठिन किलिमन्जरो हिमालको आरोहण गरेका हुन् । संखुवासभाको मकालु गाउँपालिका वार्ड नम्बर १ वालुङका युवा आरोहि शेर्पाले आफूले हिमाल आरोहणको क्षेत्रबाट बिश्वसामु नेपाललाई चिनाउन हिमाल आरोहण गरेको बताए । यस भन्दा अगाडी उन्ले मकालु हिमाल आरोहण गरेर बिश्व कीर्तिमान कायम गरी सकेकाछन् । हिमाल आरोहणको क्षेत्रका उनी प्रख्यात मानिन्छन् । हिमाल आरोहण आफ्नो रुचि भएको भन्दै हिमाल आरोहणबाट आफू कहिल्यै नथाक्ने बताएकाछन् । उन्ले नेपलाको हिमाल आरोहणमा बिदेशी आरोहिको गहिरो रुचि भएकाले उनीहरुलाई नेपालको हिमाल आरोहण गर्न सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिए ।