Trending
नेपाली कांग्रेसको सातै प्रदेशका पदाधिकारीको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने बताईएको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा सातै प्रदेशका पदाधिकारीहरूको सम्मेलन यहि भदौ १६ र १७ गते पोखरा हुने नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरवहादुर देउवाले गर्ने जनाईएको छ । । कार्यक्रमको औपचारिक निर्णय भने भदौ ८ गते बस्ने प्रदेश समितिको बैठकले गर्ने बताइएको छ । प्रदेशहरुले गरेका कामहरू आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए । सम्मेलनले प्रदेशहरूको समन्वयात्मक भूमिका बढाउने लामिछानेको भनाई छ । सम्मेलनमा १ प्रदेशबाट १० जना पदाधिकारीका दरले सहभागी हुने तय गरिएको छ ।