अमेरिकामा रहेका नेपालीहरुले धुमधामसंग हरितालिका तीज मनाउने भएकाछन् । सांस्कृतिक विविधता र सामुदायिक सम्लग्नतासहित त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कले नेपाली महिलाहरुको लागि हरितालिका तीजको भव्य आयोजना गर्न लागेको हो । अमेरिकाको मुख्य मुटु न्यूयोर्क सिटीमा नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तीज मनाउने घोषणा गरीएको छ । नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजको आफ्नो छुट्टै बिषेशता छ । परम्परा साझा गर्न र एकता कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका हुने गरेको छ । सामाजिक व्यक्तित्व नवराज केसी र खामलाल भट्टले यो तीजको चाजोपाजो मिलाउनु भएको हो । न्युयोर्क सिटीका मेयरका सल्लाहकार केसी र गोर्खा समाज अमेरिकाका अध्यक्ष खामले नेपाली महिलासहित अन्य देशका महिलाहरुलाई दर खुवाउने कार्यक्रम रहेको बताउनुभयो । केसीले तीज पर्व के हो ? यसको महत्वको बारेमा अमेरिकाको स्थानीय सरकारलाई जानकारी गराउने र परम्परा, संस्कृति र संस्कारबारे संरक्षण सम्बर्दन बारे अवगत गराउने बताउनुभयो । उहाँले एक अर्काको संस्कार, संस्कृति आदानप्रदानले एक अर्का समुदायप्रति बिश्वासको वातावरण बन्ने पनि बताउनुयभयो । तीज यहि भदौ ३१ गते अर्थात सेप्टेम्बर १७ मा आयोजना गरीने बताईएको छ ।

बुधबार, ६ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे