संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाद्धारा संखुवासभाका मृगौला पिडीत देवीकुमार जिमीको उपचारको लागि नगद सहयोग गरेको छ । दक्षिणकोरिया समाजले जिमी बसोबास गरिरहेको काठमाडौं स्थित मनमैजुमा नै पुगेर दुईलाख रुपैया नगद सहयोग गरेको हो । दुवै मृगौला फेल भई उपचार गराईरहेको जिमीलाई नगद सहयोग गरेको हो । बिरामीलाई दक्षिणकोरियाका पूर्वअध्यक्षद्धय गणेश घिमिरे र रेखबहादुर गुरुङ घरैमा पुगेर रकम हस्तान्तरण गरेका थिए । संखुवासभाबाट प्रवास दक्षिणकोरियामा रहेका संखुवासभालीहरुबाट आर्थिक सहयोग रकम बिरामीलाई हस्तान्तरण गरिएको हो । जिमी विगत लामो समयदेखी दुवै मृगौलामा समस्या देखिएकोले काठमाडौस्थित हिमाल अस्पतालमा उपचार गराईरहेका छन् ।
सन् २०१२ सालमा स्थापना भएको संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाले दैवीप्रकोप, दिनदुःखी र बिरामीहरुलाई सहयोग गर्दै आएको छ । उक्त संस्थाले विभिन्न किसिमको मानवीय सहयोगहरु गर्ने गरेको छ । विगतमा पनि उक्त समाजले संखुवासभाको कोरोनाकाल, बाढिपहिरो, बिरामीको उपचार सहयोग लगायत दर्जनौं क्रियाकलापहरु प्रत्यक्ष सहयोग गर्दै आएको थियो ।