संखुवासभाका प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पा अफ्रिका महादेशको सबै भन्दा अग्लो हिमाल कालिमान्जारो आरोहण नजिक पुगेकाछन् । तान्जानियामा रहेको यो हिमशिखरको आरोहणको नजिक पुगेको शेर्पाले जानकारी दिएका छन् । संखुवासभामा रहेको मकालु हिमाल आरोहणको क्रममा कीर्तिमान बनाएका शेर्पा मकालु हिमाल आरोहणमा नेपालका अनुभवि आरोहि मानिन्छन् । उन्ले अन्य धेरै चुचुरा चुमेकाछन् । तान्जानियामा अवस्थित १९,३४१ फिट अर्थात ५८९५ मिटर अग्लो यो हिमालको चुचुरोमा पुग्नु निकै कठिन मानिन्छ । हिमाल आरोहणमा प्रख्याति र कीर्तिमान बनाएका शेर्पाले अगष्ट २४ मा यो हिमाल सफलतापूर्वक आरोहण गर्ने संकल्प लिएकाछन् ।