संखुवासभामा संखुवासभा आईडल सञ्चालन हुने भएको छ । अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालीले संखुवासभा आईडलको तेश्रो संस्करण ल्याउने भएको हो । प्रतियोगिता खुल्ला रहने आयोजकले जनाएको छ । भदौको १६ गतेबाट अडिसन सुरु हुने आयोजक अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालीका अध्यक्ष देबेन्द्र घिमिरेले जानकारी दिए । संखुवासभाका ९ भोजपुरका २ र ईटहरी, गाईघाट र विर्तामोड गरि १४ स्थानबाट अडिसनलिईने अध्यक्ष घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ठ १ सय प्रतिष्पर्धीहरु छनौट गरिने प्रतियोगिताको संयोजक बीरबहादुर लिम्बुले जानकारी दिए । त्यस पश्चात उत्कृष्ठ ५०, ३०, २०, १५, १२, ५ र ३ जनाको दरले छनौट हुँदै आउने लिम्बुको भनाई छ । उत्कृष्ठ ३ बाट विजेता घोषणा गरिनेछ । उत्कृष्ठ २० बाट भोटिङ राउण्ड सुरु हुने लिम्बुले बताए । यस पटक निर्णायक र भोटिङको ५०÷५० प्रतिशत अंकभार रहने बताईएको छ ।
प्रतियोगिताका विजेताले उपाधीसँगै नगद ३ लाख रुपैयाँ, एक गीत रेकर्डको अवसर, पाँच दिने भारत भ्रमणको अवसर प्राप्त गर्ने छन् । उपविजेता दुई जनाले नगद ५०÷५० हजार, एउटा गीत रेकर्डको अवसर, पाँच दिने भारत भ्रमण र टोकन अफ लव प्राप्त गर्नेछन् । त्यस बाहेकका उत्कृष्ठ पाँच भित्र परेका (विजेता र उपविजेता बाहेकका २ जना) ले पनि एक एक वटा गीत रेकर्डको अवसर, पाँच दिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरुले भौतिक उपस्थितिमा फारम भर्नु पर्नेछ । फारम शुल्क एक हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिता मंसिर १५ र १६ गते सम्पन्न गर्ने योजना रहेको बताईएको छ । कार्यक्रमको माध्ययमबाट नयाँ प्रतिभाहरुको खोजी मात्र नभएर आन्तरिक पर्यटकहरु समेत संखुवासभा भित्र्याउने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आइतवार, ३ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत