संखुवासभाका टाँशी शेर्पाले सगरमाथाको पाँचपटक आरोहण गरेकाछन् । उनी मात्र २६ वर्षका भए । संखुवासभा –२ नोर्बु गाउँ उन्को घर हो । उनी सानै उमेर देखि हिमाल आरोहण गर्न मन पराउथे। बुवा कामी शेर्पा र आमा याङडोमा शेर्पाको कोख बाट जेठो सन्तानका रुपमा जन्म लिएका उनले हाल सम्म १४ पटक विभिन्न हिमालको आरोहण गरिसकेका छन। जीवनकालमा पहिलो पटक उनले २०१६ मा बिश्वको सर्बोच्च शिखर सगरमाथा ५ पटक सफल आरोहण गरिसकेका छन । उनका २ भाइ र ३ जना दिदी छन । माइलो भाइ रोजगारिका लागि रोमानिया छन ।
हिमाल आरोहण गर्दा निकै कठिन र संघर्ष गर्नुपर्ने उनको भनाइ छ। आफुले चाहे सम्पुर्ण कुरा सम्भावना रहेको छ उनले भने । कति चोटि आफुले घाम पानी नभनी दुःख कष्ट गरेको उनले बताए ।
बुवाको संघर्ष र घरको परिस्थितिले आफु यो ब्यवसायमा लागेको र अफ्नो कमाइले घरको खर्चमा धेरै मद्दत पुगेको छ उन्ले भने । हाल सम्म आफूले सगरमाथा ५ पटक, कञ्चनजङ्घा १ पटक मनास्लु ६ पटक माउण्ट केटु र हाल सालै फेरि माउण्ट केटु हिमाल आरोहण गरेर नेपाल आएका छन। उनका अनुसार वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग बाट उनले धेरै पटक प्रमाणपत्र पाइसकेका छन ।