file photo

दुल्लु नगरपालिका ३ बडापोखराकी नानकला थापाले बारीमा लटरम्म तरकारी फलाएका छिन् । उनले बारीमा काउली, गोलभेँडा, पालुंगो, खुर्सानी, भन्टा, लगायतका तरकारी फलाउँदै आएका छिन् ।

पहिले आफु व्यवसायिक नहुँदा बुढाकै भर पर्ने उनी अहिले आत्मनिर्भर बन्न सकेकोमा खुसी छिन् । पहिले सामान्य रुपमा तरकारी खेती गर्दै आएकी उनलाई सोसेक नेपालको साथ पाएपछि व्यवसायिक बन्न सहयोग मिलेको सुनाउँछिन् ।

उमेरले ४४ वर्ष टेकेकी थापाले सुरुमा खुल्ला रुपमा तरकारी खेती गरेकी थिइन् । तर आजभोलि टनेल लगाएका छिन् । ‘सुरुसुरुमा तरकारी खेती गर्दा प्राबिधिक ज्ञान नभएका कारण पानीले गल्ने, किरा लाग्ने लगायतको समस्या हुन्थ्यो, उनले भनिन्, ‘अहिले सोसेक नेपालले ग्रिन कर्णाली परियोजना लागु भएपछि हामीलाई धेरै सहज भएको छ ।’समयसमयमा प्राबिधिक आएर हेर्नुका साथै सल्लाह सुझाव समेत दिने उनले सुनाइन् ।

पहिले पहिले तरकारी नभएर बजारको चाउचाउ र स्वाविन किनेर खान्थ्यौँ अहिले आफ्नै बारीको ताजा तरकारी खाने गरेको थापाको भनाइ छ । ‘पहिले आफूसँग तरकारी नहुँदा बजारको चाउचाउको तरकारी बनाएर खान्थ्यौँ,’ उनले भनिन्, ‘अहिले आफैँ व्यवसायिक तरकारी खेतीबाट ताजा तरकारी खान पाएका छौँ । जस्ले गर्दा आफूसँगै अरु पनि स्वस्थ बनाउन सकेकोमा गर्व लाग्छ ।’

थापाले तरकारी उत्पादन गरेर आफ्नो घरखर्च चलाएर त्यहाँबाट बचेको जम्मा गरेर बचत समेत गर्ने गरेको बताउँछन् ।

‘पहिले श्रीमानले भारतवाट पैसा पठाउँदा कता मास्यौ के गर्यौ भन्नुहुन्थ्यो,’ उनले भनिन् , ‘ आफैँले तरकारी उत्पादन गरेर बेच्दा पकेटमै पैसा हुन्छ । आफूले मन लागेको काम गर्न पाइन्छ । अहिले छोराछोरीलाई पढाउन र घर खर्च चलाएर पैसा बचत हुने गरेको छ । पहिले पैसा नहुँदा बुढासँग हात थाप्नुपर्ने अवस्था थियो । तर अहिले धेरै सहज भएको छ ।’

व्यवसायिक तरकारी खेती थालेपछि छोराछारीको कापी कलम सकिए तुरुन्त तरकारी बेचेर जोहो गर्न सकिने उनको अनुभव छ । डिसिय नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित ग्रिन कर्णाली परियोजना लागुपश्चात् उहाँ मात्र नभएर सिंगो गाउँ नै व्यवसायिक तरकारी खेतीमा होमिएको कृषि प्राबिधिक हिक्मेन्द माझीले बताए । ‘पहिले कमैले मात्र व्यवसायिक रुपमा तरकारी खेती गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले यहाँ धेरै जनाले तरकारी खेती गर्नुहुन्छ ।’

सोसेक नेपालका कृषि प्राबिधिक माझीका अनुसार १३ जनाले पक्की टनेल र ३५ वटा कच्ची टनेलमा व्यवसायिक तरकारी खेती गरिरहेको छन् ।

 

बुधबार, ३१ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे