डोल्पा घुम्न आउने विदेशी पर्यटकको संख्या विगतको तुलनामा बढेको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाका अनुसार गत आर्थिक वर्षको तुलनामा राष्ट्रिय निकुञ्ज वन क्षेत्र लगायत प्राकृतिक सम्पदाहरुको दृश्य अवओकन गर्न आउने पर्यटकको संख्यामा दोब्बर वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७९/८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला र ८७ पुरुष गरि २ सय २ जना थिए । सार्क मुलकबाट ३ जना महिला र १३ जना पुरुष गरी १६ जना घुम्न आएका थिए । यसैगरी अन्य विदेशी पाहुनाहरुमा १६९ जना महिला र २४९ पुरुष गरी ४१८ जना गरी ३ हजार ७८२ पर्यटक डोल्पा घुम्न आएको निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार नेपाली, सार्कमुलक र विदेशी नागरिकवाट प्रवेश शुल्क वापत १६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा नेपाली १७३ ,सार्क मुलकका ३९ र अन्य विदेशी ११७ गरी ४ हजार ३७९ जना पर्यटकबाट ७ लाख ८५ हजार रुपैयाँ राजस्व उठेको थियो । यो पर्यटक संख्या र राजस्व गत आवको भन्दा दोब्बरले बढी हो ।

निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुुल्क वापत प्रति व्यक्ति १ हजार पाँचसय रुपैयाँ र अन्य विदेशी नागरिकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गर्छ ।
विगतका वर्षमा जिल्ला प्रवेश गर्ने पर्यटकको अभिलेख राख्ने कार्य व्यवस्थित नभएकाले कुन देशका के–कति नागरिक डोल्पा भित्रिएका छन भन्ने एकिन तथ्यांकको अभाव रहेको छ ।

भर्खरै निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुलिगाडस्थित ब्यारेक नजिक भिमपुलमा सेना र निकुन्जको संयुक्त चेकजाँच काउन्टर स्थापना गरी एकिकृत अभिलेख राख्ने कार्य शुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना रामवाण गुल्मका गुल्मपति ध्रुव कार्कीले बताए ।

 

बुधबार, ३१ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत