‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’का प्रतिस्पर्धी परेश राईलाई जिताउन काठमाडौंवासी संखुवासभालीहरुले अभियान सुरु गरेका छन् ।

संखुवासभा समाज, काठमाडौंको अगुवाईमा राईलाई जिताउन विभिन्न संघ, संस्थाहरुले अभियान सञ्चालन गरेको हो ।

‘मेरो भ्वाइस युनिभर्स’मा राईलाई जिताउन समाजको अगुवाईमा अभियान जारी राखिएको समाजका अध्यक्ष नारायण कुमार गुरुङले बताए । संखुवासभा समाजसँगै काठमाडौं स्थित विभिन्न संघ, संस्थाहरुविच समन्वय भइरहेको उनको भनाई छ ।

‘संखुवासभाको प्रतिभालाई प्रोत्साहित र सहयोग गर्नु हाम्रो दायित्व पनि हो,’ उनले भने, ‘मेरो भ्वाइस युनिभर्स’का प्रतिस्पर्धी परेश राईलाई जिताउन देशविदेशमा रहनु भएका सबै संखुवासभावासीहरुलाई भोट गरीदिन अपिल गरेका छौं । आर्थिक सहयोग उठाएर भोट पनि गरिरहेका छौं ।’

पायोनियर एडभेन्चर प्रा.लिका अध्यक्ष तथा पर्यटन व्यवसायी पासाङ शेर्पाले परेश राईलाई जिताउन अभियान जारी रहेको बताए । उनले भने, ‘परेश संखुवासभाले जन्माएको एउटा सम्भावना बोकेको प्रतिभा हो । उनको विजयको लागि सबैलाई भोट गर्न अपिल गर्दछु ।’

सेभेन समिट ट्रेक्स’का अध्यक्ष एंव चर्चित आरोही मिङमा शेर्पा, एटके एक्सपिटेशन प्रालिका अध्यक्ष तथा पर्यटन व्यवसायी लाक्पा शेर्पा लगायतले परेश राई जिताउ अभियानलाई साथ दिएका छन् । ‘मेरो भ्वाइस युनिभर्स’मा परेशलाई जिताउन काठमाडौंको कपन लगायतको क्षेत्रमा कार्यक्रम पनि आयोजना गर्न लागिएको अभियान्ता प्रबिन गुरुङले बताए ।

संखुवासभा चैनपुर नगरपालिका–१० ईकुम्बामा ‘मेरो भ्वाइस युनिभर्स’को फाइनलमा पुगेका छन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

मङ्लबार, ३० साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा