मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी साउदी पुगेकाछन् । उन्ले आज साउदी अरेबियाको मक्कामा १३ अगष्ट २०२३ मा आयोजना हुन लागेको बिश्वभरका धार्मिक बिभागहरुसंगको पहिलो सञ्चार सम्मेलनमा सहभागि जनाएकाछन् । उन्ले आज सञ्चार तथा एकीकरण कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन ।
सम्मेलनले इस्लामिक बिद्धानहरुसंग एकअर्कासंगको एकीकरण र सहयोगद्धारा इस्लामिक लक्ष्यहरु प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ । उनी साउदी अरेबियाका इस्लामिक मामिला, दावा र मार्गदर्शन मन्त्रालयका महामहिम अब्दुललातिफ बिन अब्दुल अजीज अल शेखको निमन्त्रणमा मक्का पुगेका हुन् । उन्ले आज पहिलो सञ्चार सम्मेलनमा सहभागिता जनाएका हुन् । उन्लाई हिजो आयोगका सदस्य महमदिन अली, मिर्जा अरसद बेग र समसुल हकले बिदाई गरेका थिए ।