गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा प्रवेश गरेका परेश राई यस बेला गृह जिल्ला संखुवासभामा छन् । खाँदबारी पुगेका परेश दिनभर भोट माग्न मै ब्यस्त भए ।
खाँदबारी बजार क्षेत्रमा संक्षिप्त घरदैलोमा खटिएका परेश दिउँसो भने परेश जिताऔं अभियानका अभियान्ताहरुले आयोजना गरेको साँगीतिक कार्यक्रममा ब्यस्त भए । उनले करिव आधा दर्जन गीत गाएर सवै सामु भोटको अपिल गरे । यस पटकको अन्तिम पटक भोट दिन पाउने अवसर भएकोले सवैले सकेको सहयोग गर्न उनले आग्रह गरे ।
उनले मोबायलबाट माई ईन्ट्रा एप डाउनलोड गरेर त्यसबाट भोट लगाउन सकिने बताए । उक्त प्रविधि नजानेकाहरुले आफैलाई समेत सम्पर्क गर्न सक्ने तथा आधिकारीक अभियान्ताहरुलाई भोट रकम नै समेत उपलब्ध गराउ सकिने जानकारी दिए । यस पटकको प्रतिष्पर्धामा विजेता बने नेपाली मौलिक गीत संगीतको संरक्षण तथा प्रवर्धनमा लाग्ने समेत राईले प्रतिवद्धता व्यक्त गरे ।
राई आज चैनपुरमा आयोजित कार्यक्रममा सहभागी हुने छन् भने भोलीदेखि पुर्वका विभिन्न स्थानहरुको कार्यक्रममा सहभागी जनाई भोट माग्नेछन् । भोट भदौ २ गतेसम्म गर्न सकिने छ ।

 

 

को हुन् परेश राई ?
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १० ईकुम्बामा जन्मि
एका परेशले खराङ स्थित शारदा माविबाट एसएलसी उत्तिर्ण भए । २०६९ मा एसएलसी सकेपछि धरान गएर मानविकी संकायबाट दश जोड दुई उत्तिर्ण गरे ।
सानै उमेरदेखि गीत संगीतमा रुचि रहेको परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएका थिए। धरानमा संगीत विषय पढ्न नपाएपछि उनी काठमाडौ हानिए । काठमाडौ स्थित मातातिर्थ क्षेत्रमा दिदिको घरमा बसेर उनले आरआर क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । अहिले उनी संगीत विषयको तेश्रो बर्षमा अध्ययनरत छन् । २४ बर्षीय परेश ४ दाजु र ४ दिदिको कान्छो भाई हुन् ।
सुरु सुरुमा सानातिना कार्यक्रमहरुमा भाग लिँदै गरेका उनी २०७१ मा रेडियो नेपालले आयोजना गरेको खुल्ला आधुनिक गीत प्रतियोगितामा पुर्वाञ्चल विजेता बने। त्यस्तै अर्को गायन रियालिटी सो भोईस अफ नेपालको पछिल्लो सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !