दैलेखको भैरवी गाउँपालिकाका कृष्णप्रसाद जैसी बँदेल धपाउन बारीमै बस्ने गर्छन । घोगा लाग्ने बेलाको मकै बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका कृषक मकै बारीमै दिनरात बिताउन थालेकाछन् ।
केही वर्षअघिदेखि बाँदर र बदेलले लगाएको बाली नष्ट गर्न थालेपछि कृषकहरु मारमा पर्दै आएका छन् । जंगल क्षेत्रको विस्तारसँगै नजिक आउने जङ्गली जनावरले वर्षमा छ महिना खान पुग्ने मकैखेती सखाप पारेपछि अन्न खोज्नुपर्ने चिन्तामा किसान छन् ।
जङ्गली जनावरले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा रहेका र वर्षमा छ महिना खान पुग्ने खेती बाँदर र बँदेलले नष्ट गरेपछि अन्न बेसाउनुपर्ने कृषकहरुको भनाई छ ।
भैरवी गाउँपालिकामा मात्र नभई बाँदरले जिल्लाका धेरै ठाउँमा मकैखेती नष्ट गर्दै आएको छ । कृषि विकास कार्यालय दैलेखले यहाँका सबै स्थानीय तहमा बाँदरले कृषकको मकैखेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको जनाएको छ ।
कार्यालय प्रमुख दशरथ पाण्डेले २१ हजार एक सय ७५ हेक्टरमा किसानले मकैखेती लगाउँदै आएको जानकारी दिए । उनले पछिल्ला वर्षमा जङ्गली जनावरले किसानको बालीमा धेरै क्षति पु¥याउने गरेको बताए ।
उनले किसानको क्षतिमा कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने बताए । अहिले मकैखेतीको समय भएकाले बाँदरले मकैखेतीमा क्षति पुर्याउँदै आएको हो । यसलाई नियन्त्रण गर्न किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने उन्को भनाई छ ।
उनले किसानको कति मकैखेतीमा जङ्गली जनावरले क्षति पुर्यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग नरहेको बताए । कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले संकलन गरेको भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बीउसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहतभन्दा पनि अनुदान दिने गर्ने उन्को भनाई थियो ।
भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा पाँचदेखि सात रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पुर्याएको जानकारी दिए । उनले गाउँपालिकाका सबै वडाबाट जङ्गली जनावरले मकैमा पुर्याएको क्षतिको विवरण संकलन गर्ने कामलाई तीव्रता दिएको पनि बताए ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा