Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूलाई आफ्नो सिर्जना र सीप क्षमतालाई स्वदेशमै प्रयोग गर्न अपिल गरेका छन ।
भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस २०२३ का अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमको आज भरतपुरमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवाहरूलाई देशभित्र नै विकास नयाँ गति निर्माण गर्नका लागि आग्रह गरेका हुन ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टो फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरे । “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनै पर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनु पर्छ ।” उनले भने
नेपाली युवाहरूभित्र अन्तर्निहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र सम्बृद्धिको निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उनले बताए । आफूले युवाहरूको निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको भन्दै उनले त्यसमा आजसम्म आउँदा झण्डै ३ लाख विदेशमा रहेका श्रमिकहरू आबद्ध भई सकेको जानकारी आफूलाई भएको बताए ।
विदेशमा जाने युवाहरूलाई सुरक्षित र सम्मानजनक कामको अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको भन्दै उनले देशभित्रै सिर्जनात्मक काम गर्न आग्रह समेत गरे ।